सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
सल्यान , १० असोज । भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै विकसित भएको न्यून चापीय क्षेत्रले गर्दा नेपालमा पछिल्ला दिनहरुमा मनसुन सक्रियताका कारण परेको लगातारको झरी शनिबारदेखि कम भई मौसम खुल्दै जाने मौसम विभागले जनाएको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले शनिबारदेखि मौसममा सुधार आउने देखिएको छ । देशका धेरैजसो स्थानमा भने शुक्रबारदेखि नै मौसम खुल्दै गएको छ ।
शनिबारदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही समय कुर्नुपर्ने मौसमविदको भनाइ छ । नेपालमा आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुने र त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधिको विश्लेषणपश्चात मात्रै मनसुन बाहिरिने अवस्थाको अनुमान गर्न सकिने छ ।
हाल भारतको विहारमा न्युनचापीय क्षेत्र रहेको र यो न्युनचापिय क्षेत्र उत्तर(पुर्वतर्फ सर्दैछ ।
अहिले कर्णाली प्रदेश, सुदुर(पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।
यस्तो रहने छ । आज दिनभरको मौसम
दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही थेरै स्थानहरुमा मेग गर्जन र चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, र प्रदेश नं २ को एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश,र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरू तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १र गण्डकी प्रदेशका का एक र दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा प्रदेश नं १ र प्रदेश नं २ का एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पुर्वानुमान महाशाखा