नेपालमा पुन मनसुन सक्रिय,अझै केहि दिन भारी बर्षाको सम्भावना

७ असोज २०७७, बुधवार

आज (बुधबार) दिउँसो पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा रहेको न्युन चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्दैगरेका कारण नेपालमा पुन मनसुन सक्रिय भएको हो। जसका कारण अझै केहि दिन बर्षाको सम्भावना रहेको मौसम विदले बताएका छन् ।

आज प्रदेश–१,बाग्मती प्रदेश,गण्डकी प्रदेश,प्रदेश–५ र कर्णाली प्रदेशका धेरैजसो स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएको र भारी बर्षाको सम्भावना भएकाले बाढी, पहिरो र डुबानको समस्या आउन सक्ने भएकाले सचेत रहन मौसमविदले आग्र गरेका छन् । नेपालमा बर्षाका कारण हुनसक्ने जोखिम अझै कायम रहेकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस