सल्यान, २० असोज । परामर्श र सचेतना कार्यक्रमहरू स्वास्थ्य सेवा […]
बागचौर नगरपालिकाले कोरोना रोकथाम उद्धार तथा राहत कोषको २९,७२,५७५ रुपैया खर्च भएको जनाएको छ। नगरप्रमुख लोकमान बुढाथोकीले कोषमा जम्मा भएको रकम मध्ये विभिन्न शीर्षकमा कुल २९,७२,५७५ रुपैयाँ रकम खर्च भएको जानकारी दिनुभएको हो।
नगरपालिकाभित्र राहत सामग्री खरिदको को लागि २३,५१,०००, क्वारेनटाइन निर्माणका लागि १,३१,५०० यसैगरी मेडिकल सामग्रीखरिदमा ४,९०,०७८ रुपैयाँ खर्च गरिएको छ ।
स्वास्थ्य सामग्री खरिद अन्तर्गत नगरपालिकाले मास्क N95 ६००पिस, डिस्पोजेवल ग्लोब्स ४० बट्टा,स्यानिटाइजर (१००ml)७०बोतल,(२५०ml)३० बोतल,(५००ml)४५बोतल,सर्जिकल मास्क ६५०० पिस, रेनकोट ४ सेट,थर्मलगन ७थान,पी.पी.ई सेट २६५ सेट,लिक्विड ह्याण्ड वास(डिटोल) २००ml २५ बोतल,डिजिटल थर्मोमिटर २० पिस लगायतका सामग्री खरिद गरेको हो ।
राहत वितरण अन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिका भित्रका श्रमिक वर्ग तथा असहायहरूलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ ” अनुसार राहत वितरण गरिएकोमा कुल १ हजार ९१ घर परिवार तथा ४ हजार ४ सय ५० परिवार सदस्य सङ्ख्या लाभान्वित भएका हुन्।
नगर प्रमुख बुढाथोकीले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का कारण देशको सम्पूर्ण गतिविधि ठप्प भइरहेको अवस्थामा बागचौर नगरपालिका पनि दिन प्रतिदिन जोखिमको चपेटामा पर्दै गइरहेको र देश तथा विदेशबाट आउने व्यक्तिहरूको सङ्ख्या पनि दिनदिनै बढ्दो क्रममा रहेकोले यस्तो जोखिम परिस्थितिमा कोरोना भाइरस रोकथाम तथा क्वारेनटाइन व्यवस्थापन गर्न बागचौर नगरपालिका सक्रिय रूपमा लागिपरेको बताउनुभएको छ।