सल्यान, ११ माघ । सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि […]
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ का कारण बन्द भएको पठनपाठन असार १ गतेबाट संचालन गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहलाई आव्हान गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण हुने शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाहरूको अधिकारबाट बञ्चित गर्न नहुने जनाएका छन। मन्त्री पोखरेलले विद्यार्थीको पठनपाठनमा सहज अवस्था ल्याउन मन्त्रालयले बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्देशिका २०७७जारी गरेको जनाएका छन्।
सो निर्देशिकालाई असार १ गतेबाट कार्यान्वयन गर्न,गराउन संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु। “मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन्” ।
निजी विद्यालयहरुले यही जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्ने घोषणा गरे गरेका थिए। जसलाई मन्त्री पोखरेलले मौन समर्थन जनाएका छन्