हाम्रो बारेमा


गुराँस अनलाईन (Gurash online ) कुपिण्डे संचार प्रा.लि.(Kupinde Sanchar )द्वारा सञ्चालित न्युज पोर्टल हो । हामी सल्यान तथा कर्णाली प्रदेशका विभिन्न छिमेकी जिल्लाहरुमा केन्द्रित रहेर ताजा समाचारहरु, बिभिन्न जानकारी, सूचना तथा सन्देशहरु,मनोरञ्जन, सूचना प्रविधि लगायतका अन्य सामग्रीहरू प्रकाशन गर्ने गर्दछौं । गुराँस अनलाईनको माध्यमबाट तपाईले हरेकपल ताजा समाचारहरू प्राप्त गर्न सक्नुहुनेछ । समाजमा घट्ने विभिन्न प्रकारका घटना, परिघटना हरुलाई गुराँस अनलाईनको माध्यमबाट तपाई सामु पुर्याउने हाम्रो प्रमुख उद्देश्य हो

सामाजिक पक्ष मा हामी सधैं खरो उत्रने छौं । निर्भय का साथ जे देख्छौ त्यही लेख्ने छौं । गुराँस अनलाईनको माध्यमबाट प्रस्तुत हुँदा कसैको समर्थन र कसैको विरोधमा कदापी प्रस्तुत हुने छैन । हामी सबै आम नागरिकको हित हुने काम गर्नेछौं । त्यसैले तपाईहरुले दिने सूचना र सल्लाहहरु हाम्रो लागि महत्वपुर्ण मार्गनिर्देशन हो । हाम्रो उदेश्य तपाईं पाठकहरूको समर्थन र सल्लाह सुझाव बिना सम्भव हुँदैन। त्यसैले अब आउनुहोस् समाजमा हुने विभिन्न प्रकारका कुरिति, कुसस्कार,अन्याय ,भ्रष्टाचारको तपाइँ हामी सबै मिलेर भण्डाफोर गरौ । स्थानीयस्तरमा भएका कला, साहित्य, शिक्षा ,संस्कृति स्वास्थ्य ,सांस्कृतिक सम्पदा सबैको संरक्षणमा अव तपाईं हामी एकजना एकजुट भएर लागौ । अनि मात्रै हामीले सभ्य समाजको निर्माण गर्न सक्दछौं । यसका लागि आउनुहोस् हाम्रो टिममा जोडिएर तपाई हामी सबै मिलेर अगाडि बढौं र सभ्य समाजको निर्माण गरौ ।