छत्रेश्वरी ३ मा एमालेको वृहत भेला, पार्टिलाइ जनताको मनमस्तिष्कमा स्थापित गर्नुपर्नेमा जोड

सल्यान, १६ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ३ महिने जरा अभियान अन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ मा बिशेश कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष दिपक दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीले पार्टी संगठनलाई बलियो बनाउन जरा केन्द्रित अभियान जस्तै कार्यक्रम निरन्तर आवश्यक रहेको बताउनुभयो । “पार्टीलाई जनताको मन र मस्तिष्कमा स्थापित गर्न कार्यकर्ताहरूले इमानदार भएर निरन्तर क्रियाशील रहनुपर्छ,” उहाँले भन्नुभयो ।

बिशिस्ट अतिथि जिल्ला कमिटी सचिवालय सदस्य फौद बस्नेतले संगठन सुदृढीकरणमा यो अभियान निकै प्रभावकारी हुने बताउनुभयो । पार्टी बलियो बन्न जनताको घरदैलोमा पुगेर संगठन विस्तार गर्नुपर्नेमा उहाको जोड थियो ।

एमाले नेता राज बहादुर बुढाथोकीले पार्टी सधैं जनताको पक्षमा उभिएको बताउँदै संगठनलाई अझै बलियो बनाउन निरन्तर क्रियाशील रहन आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरूले जनताको आवश्यकताअनुसार पार्टीको नीति तथा कार्यक्रम बुझाउनुपर्नेमा जोड दिनुभयो । यस्तै जिल्ला कमिटी सदस्यहरू तिर्थराज दाहाल, पवित्रा डागी, रेमन्त डिसी तथा पालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खडका लगायतको उपस्थिति रहेको कार्यक्रममा संगठन सुदृढीकरण, स्थानीय विकासका एजेन्डा र पार्टीको आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले संगठन बलियो बनाउन आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस