सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
सल्यान, ९ फागुन ।
छत्रेश्वरी गाउँपालिकासंगको सहकार्यमा स्वास्थ्य सेवा कार्यालय सल्यानले ग्रामीण क्षेत्रमै पुगेर विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित छत्रेश्वरी आधारभूत विद्यालय गर्चेमा शनिबार (फागुन १० गते) निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुनेभएको हो । स्वास्थ्य सेवा विस्तार र स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगरले जनाए ।
शिविर मार्फत सम्पूर्ण रोगको निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा, दन्त सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । यस्तै महिलाहरूका लागि भिआइए परीक्षण तथा रिङ पेसरी सेवा र भिडियो एक्स-रे सेवा दिइने प्रमुख डाक्टर बुढा मगरले जनाए । “स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवा सहजै उपलब्ध गराउने उद्देश्यले यो विशेष स्वास्थ्य शिविर आयोजना गरिएको हो । यसबाट छत्रेश्वरी गाउँपालिका लगायत अन्य क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्”, उनले भने । शनिबार विहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म छत्रेश्वरी आवि गर्चेमा शिविर संचालन हुने छत्रेश्वरी गाउँपालिकाको स्वास्थ शाखाले जनाएको छ ।
स्वास्थ्य सुविधाको अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न स्वास्थ्य सेवा कार्यालयसंगको समन्वयमा शिविर संचालन हुन लागेको स्वास्थ्य शाखा छत्रेश्वरी गाउँपालिकाका प्रमुख गणेशमान डांगीले जनाए ।
यस शिविरमा कुनै पनि नागरिक आउन सक्ने र सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । सबै स्थानीय नागरिकलाई उक्त शिविरमा उपस्थित भई स्वास्थ्य सेवाको लाभ उठाउन छत्रेश्वरी गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेका छन् ।