सल्यान, २७ फागुन । सल्यानमा चौबन्दी चोली तथा डिजाइन कुर्ता […]
आगलागीले क्षति भएको ठाउँलाई पुनर्निर्माण गरि सल्यान दाेस्राे बृहत महाेत्सव पुनः संचालन गरिने भएको छ ।
शनिबार राति श्रीनगर महोत्सवमा भएको आगलागी र क्षतिको सम्बन्धमा शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले आयोजक र प्रहरी संग छलफल गरेर साे कुराकाे निष्कर्ष निकालिएकाे हाे ।
आगलागी पीडित व्यवसायीलाई राहतको लागि शारदा नगरपालिकाले पहल गर्ने मेयर भण्डारीले बताउनुभयो ।
छलफलमा आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठानका पदाधिकारी र सल्यान जिल्ला प्रहरी प्रमुखकाे उपस्तिथि रहेको थियो ।
प्रहरीले संकलन गरेकाे तथ्याङ्क अनुसार ५४ जना व्यवसायीका ८० वटा स्टलहरु आगलागीले पुर्ण रुपमा क्षति भएका छन् । आगलागीबाट करिब ४ कराेडकाे क्षती भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
आगलागीकाे कारण भने प्रहरीले छानविन गरिरहेकाे जनाएकाे छ र अहिलेसम्म संकास्पद १६ जना जतिलाइ छाेधपुच्छ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।