सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यानमा एकीकृत समाजवादीबाट एक दर्जन बढी नेताकार्यकर्ता एमालेमा फर्किएका छन् । नेकपा एमाले बागचाैर नगर कमिटीले बागचाैरमा आयोजना गरेको कार्यक्रममा उनिहरुलाई स्वागत गरेकाे हाे ।
नेकपा एकीकत सामाजवादि जिल्ला कमिटी सदस्य तथा बागचाैर नगर कमिटी सह इन्चार्ज टाेप बहादुर डि सि, जिल्ला कमिटी सदस्य नवराज शर्मा, सामाजवादी प्रेस संगठन सल्यान का उपाध्यक्ष बामदेव के सी बागचाैर नगर कमिटि उपाध्यक्ष चाँदनि वलि, नगरकमिटि सदस्य तथा तथा ११ नं. वडा अध्यक्ष शेर बहादुर खड्का , नगरकमिटि सदस्य तथा ८ नं वडा सचिव खकेन्द्र बुढाथोकी, नगर कमिटी सदस्य प्रदीप भण्डारी, महेन्द्र के सि नगर सल्लाहकार खलु खत्रि, अनेमासंघ नगर सदस्य बिष्णु के सि , पवित्रा भण्डारी , हेमन्ता केसि लगाएत ले अाफुहरु गलत बाटो लागेको र अब अाफ्नाे राजनैतिक भविष्य एमालेमा मात्र सुनिश्चित भएकाे भन्ने विश्वासको साथ विना कुनै स्वार्थ एमालेमै फर्किएको बताएका छन ।
बैठकमा पार्टी केन्द्र ले ल्यायको ३ महिने वडा केन्द्रित जरा अभियान अन्तर्गत माघ महिना को १८ गते देखि २९ गते सम्म १२ वटै वडा कमिटी का बैठक बस्ने र बैठक पछाडि लगातार चैत्र मसान्तसम्म घरदैलो कार्यक्रम संचालन गर्ने निर्णय गरेकाे नगर कमिटी अध्यक्ष ले बताएका छन ।
नगर कमिटी अध्यक्ष जनक वि.क.को अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी सदस्य घनश्याम शर्मा , जिल्ला कमिटी सचिव पुष्पा बोहरा, एमाले नेता ज्ञानेश्वर के सि. जिल्ला कमिटी सचिवालय सदस्य ज्ञान प्रसाद शर्मा ,निर्मला राेका, जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी विभिन्न जन वर्गीय सङ्गठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । नगर कमिटी उपाध्यक्ष साेवाराम बस्नेतकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव देव बहादुर डाँगी गरेका थिए।