सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान– समाजवादी प्रेस संगठन नेपाल सल्यानका उपाध्यक्ष बामदेव के सि नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा समाहित भएका छन ।
ने.क.पा.एमाले कर्णाली प्रदेश कमिटी सदस्य घनश्याम शर्मा, जिल्ला कमिटी सचिव पुस्पा कुमारी बाेहरा, एमाले नेता ज्ञानेश्वर केसि, प्रेस चाैतारि कर्णाली प्रदेश कमिटी सदस्य झक्कु प्रसाद शर्मा लगाएत जिल्ला कमिटि सचिवालय सदस्य, जिल्ला कमिटि सदस्य, नेकपा एमाले बागचाैर नगर कमिटिले उनलाई मुलघरमा स्वागत गरेका हुन् ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०७८ पाैष महिनामा सम्पन्न महाधिवेशनबाट के सि उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

oplus_0