सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान, १२ माघ ।
नेपाल निजामती कर्मचारी संगठन सल्यानको अध्यक्षमा डिल्ली बहादुर घर्ती चयन भएका छन् । नेकपा एमाले निकट कर्मचारी संगठनको शनिबार सदरमुकाम खलंगामा सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै संगठनको भावी कार्ययोजना सारेको हो ।
अधिवेशनबाट उपाध्यक्षद्वयमा निरज परियार र सूलोचना महर्जन निर्वाचित भएका छन् । यस्तै संगठनको सचिव पदमा दिपक बुढाथोकी, सह–सचिवमा यज्ञ बहादुर खत्री र कोषाध्यक्षमा महेन्द्र के.सी. चयन भएका छन् । नयाँ कार्यसमिति सदस्यका रूपमा गोविन्द खडका, विजय रेग्मी, राम बहादुर बुढाथोकी, अमृता सिंह, तिर्सना रेउले, रमा भट्टराई, टेक बहादुर घर्ती, सुरज वि.क., सञ्जीव शर्मा, रण बहादुर थापा, महेन्द्र बहादुर खडका र टेकनाथ योगी सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमले केन्द्रीय प्रतिनिधिका रूपमा देवीराम सुवेदी, खिम प्रकाश राना र अन्तिमा कुमारी यादवलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा ध्रुव बहादुर खत्री, कमला घर्ती, प्रकाश न्यौपाने र पदम महत निर्वाचित भएका छन् । यस्तै लेखापरीक्षण आयोगको संयोजकमा गणेश शर्मा भण्डारी चयन भए भने सदस्यहरूमा झलक वली र एकलाल राना रहेका छन् ।
नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीहरूको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ । अधिवेशनमा कर्मचारीहरूका विभिन्न मुद्दाहरूमा छलफल गरिनुका साथै भावी रणनीति तय गरिएको थियो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटी, केन्द्रिय सदस्य तथा सल्यान जिल्ला ईन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, सल्यान जिल्ला अध्यक्ष भिम बहादुर सेन सहित पदाधिकारीहरु, संगठनका सल्यान जिल्ला इन्चार्ज प्रकाश अधिकारी लगाएतले मन्तव्य राख्दै नागरिकको सेवालाई प्राथमिकतामा राखेर संगठनलाई मजबुत बनाउनुपर्ने धारणा राखेका थिए ।