सल्यान, १९ माघ । सल्यानमा नवग्रह बाटिका निर्माण गरिएको छ […]
सल्यान, ११ माघ ।
सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल र दाबी भुक्तानी गरिएको छ । कृषकको टोलटोल अनि घरदैलोमै पुगेर सेवा पुर्याउने अभियानलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले बागचौर नगरपालिका वडा नम्बर १ ठिनबाङमा कार्यक्रम गरेको हो ।
गत वर्ष पुस २७ मा सोही वडामा बीमा सम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो । जसले धेरै कृषकलाई बीमाको दायरामा ल्याएको सल्यान शाखा प्रमुख अनुराग बोहराले जानकारी दिए । यस पटकको कार्यक्रममा २० कृषकलाई बीमा दाबीबापतको चेक हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागचौर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गङ्गाराम बस्नेतले बीमाको महत्त्वबारे प्रकाश पार्दै कृषकलाई बीमाको दायरामा ल्याउन आफुहरु निरन्तर लागिपरेको बताए । उनले एनएलजी परिवारको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।
बिशिष्ट अतिथि बागचौर नगरपालिकाका पशु शाखा प्रमुख तथा एनएलजीका अभिकर्ता टेक बहादुर बस्नेतले बीमाबाट कृषकले पाउने जोखिम व्यवस्थापनको फाइदाबारे चर्चा गरेका थिए । उनले एनएलजीलाई सरकारबाट मान्यता प्राप्त बीमा कम्पनी भएकाले सबैलाई आफ्ना सम्पत्तिमा हुने जोखिम हस्तान्तरण गर्न आग्रह गरे ।
कार्यक्रममा अर्का विशिष्ट अतिथी सल्यानी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कृष्ण बहादुर बस्नेत, लालिगुराँस बन उपभोक्ता समितिका अध्यक्ष सुरेश बि.क., बयलडाँडा आमा समूहकी अध्यक्ष प्रतिमा बि.क., सुनखरी आमा समूहकी अध्यक्ष पुजा केसी, लालिगुराँस बन उपभोक्ता समितिका कोषाध्यक्ष देवकली बोहरा, निर्माण व्यवसायी भिम बहादुर बि.क. लगायतका अतिथिहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
विहिबार आयोजित शाखा प्रमुख अनुराग बोहराले कृषकलाई बीमाको महत्वबारे सचेत गराउँदै सरकारले बीमा शुल्कमा ८०% अनुदान उपलब्ध गराएको जानकारी दिएका थिए । उनले सल्यानका कृषकलाई बीमाको दायरामा ल्याउन एनएलजी इन्स्योरेन्सले थप नवीनतम अभ्यास गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा ७४ जना कृषकले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन सल्यान कला साहित्य परिषदका अध्ययन भरत रोकायले गरेका थिए । एनएलजी इन्स्योरेन्स सल्यान शाखाको कृषकलाई आत्मनिर्भर र जोखिममुक्त तथा बीमाको महत्व बुझाउन तथा बीमाको दायरामा ल्याउन यस प्रकारको कार्यक्रम संचालन गर्दै आएको छ ।