सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
सल्यान, २४ पुस ।
ग्रामीण क्षेत्रमा दिगो खानेपानी, सरसफाइ र स्वच्छता सुनिश्चित गर्ने उद्देश्यसहित छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ३ मा दिर्घकालिन महत्वको योजना सुरु भएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत दारिमज्युला बिउरेखोला खानेपानी सरसफाइ योजना सुरु भएको हो । योजनाको बुधबार पहिलो अनुगमन तथा सार्वजनिक परिक्षण सम्पन्न गरिएको छ । यस योजनाले ८५ घरधुरीलाई प्रत्यक्ष लाभ पु¥याउनेछ । परियोजना अन्तर्गत इन्टेक निर्माण, १८ घनमिटर क्षमताको रिजर्भ ट्याङ्की, १२२४ मिटर पाइपलाइन विस्तार, नयाँ ४३ धारा निर्माण र पानी शुद्धिकरणका लागि इनलाइन क्लोरिनेशन प्रणाली जडान हुने र पुराना धाराहरू मर्मत सम्भार समेत गरिने वास संयोजक निमराज केसीले जानकारी दिए । उनले कार्यक्रममा सुस्वा कार्यक्रम र योजनाको बारे अवगत गराएका थिए ।
योजना सम्पन्न गर्न उपभोक्ताको लागत सहभागिता सहित करिव पौने २४ लाख रुपैयाँ लगानी हुनेछ । अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले योजनालाई समयमै, गुणस्तरीय रूपमा सम्पन्न गर्न जोड दिए । उनले सरसफाइ र स्वच्छताको नियमित अभ्यासलाई पनि प्राथमिकतामा राख्न आग्रह गरे । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा अध्यक्ष तिर्थराज दाहाल लगाएतले बोल्दै सबै उपभोक्ता एकजुट भई पारदर्शिता र प्रभावकारितामा विशेष ध्यान दिएर योजना सफल पार्न आग्रह गरे ।
कार्यक्रममा प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले परियोजनाको प्राविधिक पक्षबारे जानकारी गराएका थिए भने उपभोक्ता समितिका सदस्य चुर्णबहादुर केसीले सामुदायिक कार्ययोजनाको महत्वबारे प्रकाश पारेका थिए । आफ्नो गाउँमा महत्वपूर्ण योजना सुरु भएको भन्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष पोखराज खड्काले समयमै काम सम्पन्न गर्न आफुहरु लागिपर्ने बताए ।
सार्वजनिक परिक्षण कार्यक्रममा वास सहजकर्ता सुरज वली, सामाजिक परिचालक अनिता वली बिष्ट, वास प्राविधिक रविन्द्र खड्का, उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरु लगायतको सहभागिता रहेको उपभोक्ता समितिका कोषाध्यक्ष चेतना बिकले जानकारी दिइन् । छत्रेश्वरी गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपियन युनियनको संयुक्त साझेदारीमा सुस्वा परियोजना सञ्चालन भईरहेको छ ।
यस योजनाले स्वच्छ खानेपानीको उपलब्धता सुनिश्चित गर्दै समुदायमा सरसफाई र स्वच्छताका क्रियाकलापहरुलाई बढावा दिदै स्थानीय समुदायमा एकता र स्वामित्वको भावना समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।