जनचेतना अभिबृद्धि गर्न त्रिवेणीमा श्रमिकका हक, अधिकार र जिम्मेवारीका बारे अभिमुखिकरण

सल्यान, २१ पुस ।

सल्यानमा श्रमिक शिक्षा सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । श्रमसम्बन्धी बिध्यमान कानुन तथा नियमावलीमा भएका व्यवस्थाहरुको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाको त्रिवेणी गाउँपालिकामा श्रमिक शिक्षा कार्यक्रमको आयोजना गरिएको हो ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतको आयोजनामा संचालन भएको एक दिने कार्यक्रममा रोजगारी तथा श्रमको हक, श्रमिकको प्रकार, श्रम सम्झौता, न्युनतम पारिश्रमिक, बाल श्रम, श्रमिकको दायीत्व लगाएतका विषयमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले श्रमिकका हक, अधिकार र जिम्मेवारीका बारेमा जानकारी दिलाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष छबिराज शर्मा, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी लगायत ६ वटै वडाबाट सहभागिहरु थिए ।

कार्यक्रममा बरिष्ठ श्रम अधिकृत हरिप्रसाद देवकोटा र श्रम अधिकृत हेमन्त चुनाराले श्रमिक शिक्षा, श्रम कानुन र नियमावलीका महत्वपूर्ण पक्षबारे सहभागीहरुलाई जानकारी गराएका थिए । यस प्रकारको जनचेतनामूलक कार्यक्रमले श्रमिक अधिकारको संरक्षण, सुरक्षित कार्यस्थलको प्रवद्र्धन र श्रम क्षेत्रका समस्याहरु समाधान गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको श्रम अधिकृत श्रीसम्शेर राना मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस