Site icon Gurash Online

गंगादेव गाउँपालिकाका इन्जिनियर ५०,०००।– घुस सहित पक्राउ

२४ असार, राेल्पा
जिल्ला रोल्पा, गंगादेव गाउँपालिकाको कार्यालयमाकार्यरत इन्जिनियर नविन डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज नविन डाँगीलाई सेवाग्राहीसँग रु.५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित गंगादेव गाउँपालिका, वडा नं. २, स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट मिति २०७९।०३।२४ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रेस विज्ञप्ति मार्फत जानकारी गरायका छन् ।

Exit mobile version