पहिले साधारणसभा केन्द्रिय कार्यलय थारमारे गरिदै आएको थियो । भने गत बर्ष देखि कोरोनो भाईरस ले निकै दुख दिएको ले काेराेना बाट हामी सबै सुरक्षितरहनको लागी टोल स्तरिय साधारणसभा को आयोजना गरिएको हो । पत्रकार सङ कुरा गर्दै यस सहकारीको यस बर्ष सम्म को आफ्नो कुल पुजी १०,५२,६५,३१४ (दश करोढ बाउन्न लाख पैसठी हजार तीन सय चौध रुपैँया) रहेको जनाईएको छ ।
यस्तै यस सहकारीको कुल शेयर पुँजी १,१०,८०,५०० (एक करोड दश लाख असी हजा पाँच सय रुपैँया) रहेको सहकारीका प्रवन्धक कूष्ण बहादुर केसी ले जानकारी दिनुभयो । यस्तै बचत निक्षेप ३,२२,३५,८७५ ( तीन करोड बाईस लाख पैतिस हजार आठ सय ७५ पचहत्तर रुपैँया) लगानीमा रहेको ऋण १०,५२,६५,३१४ ( दश करोड बाउन्न लाख पैसठि हजार ३ सय चौध रुपैँया) रहेको उहाँले जानकारी दिएका छन । यस्तै सहकारीको नाफा २१,६६,७६१(एकाईश लाख छैसठ्ठी हजार सात सय एकसट्ठी रुपैँया रहेको जनाइएको छ ।
यस सहकारीमा अहिलेसम्म २८८२ (अठाइस सय बयासी) जना शेयर सदस्य रहेको छन् । सहकारीका अध्यक्ष पेम बहादुर केसी ले कोभिड -१९ ले यस सहकारीलाई प्रत्यक्ष असर गरेतापनि शेयर सदस्यहरुको बित्तिय अनुसाशन, संस्थाको सुशासन, प्रस्ट नीति, विधि र प्रविधि तथा सञ्चालन, कर्मचारीहरुको लगनशिलताका कारण संस्थालाई सुरक्षित गर्न सफल भएको बताएका छन ।
सो अबसरमा विभिन्न संघ सस्थांका प्रतीनिधिले उक्त साधारणसभामा बोल्दै सहकारी संस्था सल्यान को उत्कृष्ट भएकोमा खुसी सहित अझै प्रगति बचत तथा ऋण सहकारी संस्था प्रगति गर्दै जाउस् भनी शुभकामना दिनु भएको थियोे। जिल्लाभर झण्डै २ सय ५० बढी सहकारी भएको भएपनि अरु सहकारी को मुख्य कार्यालय काठमाडौ, चितवन रहेकाे भएता पनि यो सहकारी को केन्द्रिय कार्यलय सल्यानकाे थारमारेमा रहेकाेले खुसी भएको बताउदैँ उनिले सहकारी लाई बचत सँग मात्रै नजोडेर आयआर्जनका कार्यहरुमा समेत जोड्नुपर्ने बताएका छन ।