Site icon Gurash Online

दुबईबाट लाइटमा लुकाएर आधा केजी भन्दाबढी सुन ल्याएका युवक विमानस्थलबाट समातिए

१८ भदौ |प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुन सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

बिहीबार साँझ प्रहरीले डोल्पा ठुलो भेरी नगरपालिका ७ घर भएका ३३ वर्षीय विष्णु बहादुर शाहीलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले ७ सय ७० ग्राम सुन बरामद गरेको हो।

फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र रहेको इमरजेन्सी लाइटमा सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै प्रहरीले सुन लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भूपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



Exit mobile version