सल्यान, ७ मंशिर । छत्रेश्वरी गाउँपालिका–२, सल्यानमा नेपाल कम्युनिस्ट पार्टी […]
फागुन २५ सल्यान ।
सल्यान उद्याेग वाणिज्य संघ सल्यानकाे आसन्न निर्वाचनमा हाेमिएकाे संयुक्त व्यवसायिक प्यानलकाे टिमकाे जित निश्चित प्राय देखिएकाे छ । नेपाली कांग्रेस, नेकपा केपी समूह र राप्रपाकाे संयुक्त प्यानल बनाएर लडेकाे याे टिम निर्वाचनमा विजयी निश्चित भएकाे निर्वाचन टीममा संलग्न एक व्यवसायीले बताएका छन् । सर्वाेच्चकाे फैसलाबाट माअेावादी केन्द्र र नेकपा एमाले अस्तित्वमा आउने भएपछि माधव नेपालकाे समूह समेत एमालेमा नै रहने गरी भएकाे निर्णयबाट सल्यान उद्याेग वाणिज्य संघकाे निर्वाचन समेत प्रभावित भएकाे नेताहरुकाे जिकिर रहेकाे छ । राष्ट्रिय राजनीतिमा केपी र माधव नेपाल एउटै पार्टीमा रहने निश्चित भए पश्चात यसकाे प्रभाव सल्यानकाे निर्वाचनमा पनि स्वभाविक रुपले पर्ने उनीहरुकाे तर्क रहेकाे छ ।
यसै बीच नेकपा एमाले सल्यानका अध्यक्ष गाेविन्द पुनले माअेावादी र एमाले भिन्न अस्तित्वमा आइसकेकाेले अब नेकपा एमाले सम्पद्ध सबैले कुमार बुढाथाेकीकाे नेतृत्वमा रहेकाे संयुक्त व्यवसायिक प्यानललाइ अत्यधिक मतले जिताउनु पर्ने र साे सम्वन्धमा आफुले जिल्लाका सबै क्षेत्रमा अनुराेध एवम् निर्देशन गरिसकेकाे बताएका छन् । उनले एक भिडियाेमा सन्देश दिंदै भनेका छन् – “कांग्रेस र राप्रपा सँग नेकपाले तालमेल गरेकाेमा हिजाेकाे नेकपा खारेज भै आज माओवादी र नेकपा एमाले भएकाे छ, तसर्थ नेकपा एमालेकाे अध्यक्षकाे हैसियतले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाइ याे संयुक्त व्यवसायिक प्यानललाइ जिताउनकाे लागि अनुराेध गर्दछु साथै म पार्टीकाे अध्यक्ष तथा नगर प्रमुखकाे हैसियतले टीमलाइ जिताउनकाे लागि तत्पर र हर्दम क्रीयाशील रहने छु ।कुमार बढाथाेकीकाे नेतृत्वमा रहेकाे प्यानललाइ सल्लीबजारमा स्वागत तथा सम्मान गर्ने क्रममा उनले यस्ताे बताएका हुन । बुढाथाेकीकाे संयुक्त प्यानललाइ जिल्लाका विभिन्न भुभाग तथा बजार क्षेत्रहरुमा घर दैलाे गर्ने क्रममा भव्य स्वागत र सम्मान भइरहेकाे छ । २१ गते शुक्रबार चुनावी अभियानमा प्रस्थान गरेकाे संयुक्त व्यवासायिक प्यानल खैरावांग, मार्के, कालीमाटी, सल्लीबजार, स्वीकाेट, रागेचाैर,थारमारे, बागचाैर, बागेलाखुरी बाँफुखाेला, खरिबाेट हुँदै आज थारमारेमा बास बसेकाे छ । साेबुधबार देखि बाकी बजार हरुमा भेट्घाट तथा घर दैलो गर्ने कार्यक्रम रहेको वाणिज्य उपाध्यक्षका उम्मेद्वार भरत कुमार बस्नेतले बताएका छन । सो प्यानललाइ सबै बजार क्षेत्रहरुमा स्वागत सम्मान तथा विजयकाे शुभकामना दिनेहरुकाे तादात बढीरहेकाे छ । श्रीनगर बजारमा रहेकाे संयुक्त व्यवसायिक प्यानलकाे सचिवालयले निर्वाचनकाे तयारी नियमित रुपमा सहज तरिकाबाट भइरहेकाे बताएकाे छ । सचिवालयका सदस्य सचेत शाहले भने हामीले यता गर्नु पर्ने जिम्मेवारी सहज र निरन्तर रुपमा गरिरहेका छाै र टीमकाे पक्षमा चुनावी माहाैल बढ्दै गइरहेकाे प्रति निकै खुशी छाैं।