बुटवलमा अाेलिकाे पक्षमा उर्लियाे जनसागर ।

०१ फाल्गुन २०७७

काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए ।

ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा लाखाैै कार्यकर्ता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो ।

बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण गराउँदै हौस्याएको देखिन्छ ।

बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकतालाई हम्मेहम्मे पर्‍यो । सभास्थल बाहिर, सुख्खानगर, मिलनचोकदेखि हाटबजारसम्म जनता भरिए।
नेकपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको आमसभाबाट ओली समूह हौसिएको बताइएको छ ।

सभालाई सम्बेधन गर्दै ओलीले भने, ‘सभा कस्तो हुन्छ । कार्यकर्ता कता छन् भनेर बुटवलको सभा हेर्न आग्रह गर्छु । कार्यकर्ता कसको पक्षमा छन् ? पार्टी छाडेर जानेहरू हेर्नुहोस् ।’

शनिवारको सभामा रुपन्देहीबाट २ लाख बढि जनता सहभागी रहेका नेकपाको आकलन छ ।  गृहजिल्ला रुपन्देही भएका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको रुपन्देहीमा प्रभाव बढी छ ।

पौडेलकै पहलमा भएका विकास निर्माणले धेरै आयोजनाहरू अगाडि बढेका छन् । पौडेलकै योगदान र प्रभावले पनि शनिवारको कार्यक्रममा बढी जनता सहभागी भएका बताइएको छ ।

सभामा बोलेका सबै नेताले सभामा सहभागी जनतालाई धन्यवाद दिए  ।

प्रतिक्रिया दिनुहोस