जनयुद्ध दिवसको अवसरमा सल्लिवजारमा चियापान

०१ फाल्गुन २०७७

सल्यानकाे सल्लिवजारमा प्रचण्ड-माधव समुहले जनयुद्ध दिवस मनाएको छ ।विहान स्थानीय नेता बनगाड कुपिण्डे नगरपालिकाका नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर रानाले दिएको जानकारी अनुसार समान्य चियापान कार्यक्रम साथै भेटघाट कार्यक्रम गरि शुभकामना अादान प्रदान गरिएको रानाको भनाइ छ ।देशमा अामुल परिवर्तनमा महान जनयुद्ध नै मुख्य विन्दु भएको उहाँको भनाइ थियोे । जनयुद्धकाे सफलताले अाज याे परिवर्तन अाएको र यसलाई धमिलो पार्ने खाेज्नु भनेको पश्चगामि साेच भएको भनाइ रहेको छ ।जनयुद्धलाई लत्याएर जनयुद्धकै व्याज खानेहरुलाइ इतिहासले सर्पाने जनाए छ ।उक्त अवसरमा चियापानसँगै जनयुद्ध दिवसको उपलब्धिले अाज याे परिवर्तनको ढाेका खुलेको जनाएको थियोे ।नेकपा प्रचण्ड-नेपाल समुहका नगर स्तरीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।२६औं महान जनयुद्ध दिवसलाइ सम्झने र सहिदहरुकाे सपना पूरा हुने लक्ष्यमा अघि वढ्न स्थानीय नेता रानाकाे भनाइ थियोे ।

प्रतिक्रिया दिनुहोस