Site icon Gurash Online

बनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ मा नेकपा वलि समुहको वडा कमिटी विस्तार

सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा नेकपा वलि समुहको भेलासँगै वडा कमिटी विस्तार गरिएको छ । २ नं वडाबाट सुरु भएको वडा कमिटी विस्तारसँगै भेला तथा प्रशिक्षण वडा ११ सम्म पुगेको छ ।वडा कमिटी विस्तार, पुर्णगठन र युवा संघ गठनलाई समेत व्यापक पारिएको नगर सचिव गञ्जमान वुढाले जानकारी दिनु भएको छ ।

बिहीबार  वडा ११ मा भएको वडा कमिटी भेलामा कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष साथै वलि समुहबाट मनाेनित केन्द्रीय सदस्य गाेविन्द कुमार पुनले सबै वडामा अाफ्नाे टिमको ब्रचश्व वढेकाे जनाउनु भयाे ।पुर्व एमाले पंक्तिसँगै पुर्व माअाेवादिहरु समेत अाफ्नाे टिमलाई साथ र सहयोग गरिरहेकाे दावि गर्नु भएको छ ।हामी धेरै वडाहरुमा याे नगरमा प्रचण्ड नेपाल समूह भन्दा धेरै संख्याले वढि छौं र अझै हाम्रो संख्या वढ्ने भनाइ रहेको छ ।संस्थापन यहि टिम भएकोले विचलित नभएर लाग्न अगुवा कार्यकर्तालाई नेता पुनकाे भनाइ रहेको थियोे ।

आँपचौरका पुराना पाका र पुर्व एमाले वृत्तका खम्बा मानिएका नेता लाेगवहादुर वुढा पनि साेहि टिममा लागेको र वुढाकै अध्यक्षतामा कार्यक्रम गरिएको थियोे । साेहि कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष अकबर पुन,प्रदेश परिषद सल्लाहकार समिति सदस्य प्रतिमल वुढा,दिपवहादुर खड्का,नगर कमिटि सदस्य सुवास शाह,विनायक केसि,नारद घर्ती,टाेपवहादुर विसि,अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश वलि,युवा संघ जिल्ला कमिटि सदस्य पदम विष्ट, लगाएतका वक्ताले धारणा राखेको जनाएको छ ।

नेकपा वडा ११ काे वडा कमिटी अध्यक्षमा प्रेम पुन र सचिव हर्क पुन सहित २५ सदस्यीय कमिटी विस्तार गरिएको छ । लाेगवहादुर वुढाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन जाेतिलाल वुढामगरले गरेको वताएकाे छ ।

नेकपा वलि समुहले यहि २४ गते सल्लिवजारमा वृहत् अाम सभाकाे अायाेजना गरेको छ ।

Exit mobile version