सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
आफ्ना स्वर्गीय पिता लालविर खडकाको सम्झनामा बागचौर नगरपालीका वडा नं.९ का वडा अध्यक्ष मोहन खडकाले बुवाको वार्षिक पुन्य तिथिमा लालविर स्मृति सार्वजनिक प्रतिक्षालय निर्माण गर्नुभयको हो । आज एक कार्यक्रम का बिच कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहले उक्त स्मृति सार्वजनिक प्रतिक्षालय को उद्घाटन गर्नुभएको छ ।
जेष्ठ सुपुत्र टोप ब खडका को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता स्वर्गीय खडकाकी धर्मपत्नी मैमा खडकाले गर्नुभएको हो ।कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाह ,विशिष्ट अतिथि बागचौर नगरपालीकाकी उप प्रमुख कल्पना पुन,अतिथिहरु नेपाल कम्युनिस्ट पार्टि (नेकपा) बागचौर नगर कमिटी अध्यक्ष घनश्याम शर्मा,लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष दिपक वली ,जिल्ला कमिटि सदस्य जनक विक ,राष्ट्रिय युवा संघ का केन्द्रिय सदस्य शोभाराम भण्डारी ,बानपा नगर कमिटी सदस्यहरु बल ब भण्डारी ,भुपेन्द्र केसी,गोपिलाल वलि,डिल्ली बुढा,शिक्षक नेव ब वलि,लगायतकाको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन वडा नं. ९ का वडा अध्यक्ष तथा छोरा मोहन खड्काले गर्नुभयको हो ।